स्याङजामा प्रहरीको ग्रामीण गस्ती र सचेतनामूलक कार्यक्रम

२१ असार, स्याङ्जा । स्याङ्जामा प्रहरीले समुदाय स्तरमा सचेतनामूलक कार्यक्रमहरू सम्पन्न गरेको छ ।
समुदाय-प्रहरी साझेदारी लघुसचेतना कार्यक्रम अन्तर्गत प्रहरीले जिल्लाका विभिन्न स्थानमा लागुऔषध, घरेलु हिंसा तथा मानव बेचबिखन विरुद्धको सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार मातहतका इलाका प्रहरी कार्यालय चिसापानी, प्रहरी चौकी बिरूवाअर्चले , चित्रेभञ्याङ्बाट खटिएको प्रहरी टोली लगायतले जनसमुदाय स्तरमा पुगेर चेतनामूलक कार्यक्रम गरेका हुन् ।
यहाँका ग्रामीण क्षेत्रमा गस्तीसमेत गरेर प्रहरीले सचेतनमूलक कार्यक्रमको साथमा शान्ति सुरक्षा लगायतको विषयमा छलफल तथा अन्तर्क्रिया कार्यक्रम गर्दै आएको छ ।