
बाँकेमा पाटेबाघको छाला र हड्डीसहित चारजना पक्राउ परेका छन् ।
जिल्लाको कोहलपुर-११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो ८ सय १८ ग्राम हड्डीसहित दैलेखको भगवतीमाई-५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध-४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल-२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट-३ का ५२ वर्षीय कर्णबहादुर रोकाय पक्राउ परेका हुन् ।
उनीहरुलाई लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका चारैजनालाई थप अनुसन्धन र कारवाहीका लागि डिभिजन वन कार्यालय पठाइएको छ ।