
आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आईपीओ) मा आजदेखि आवेदन दिन सकिने भएको छ ।
कम्पनीले आफ्नो जारीपुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने कुल १ करोड २० लाख कित्ता आईपीओ बिक्री गर्न लागेको हो जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख कित्ता निष्कासन भइसकेको छ । त्यसैगरी कुल सेयरको ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता कर्मचारीलाई र थप ५ प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ ।
त्यसबाहेक कम्पनीको बाकिँ ९६ लाख कित्ता सेयरमा भने सर्वसाधारणले खरिद आवेदन दिन सक्नेछन् । कम्पनीले १०० रुपैयाँ अङ्कित मूल्यमा १३६.९१ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २३६.९१ रुपैयाँमा आईपीओ जारी गर्न लागेको हो ।
आईपीओको निष्कासन बन्द छिटोमा असार २५ गते र ढिलोमा साउन ४ गते बन्द हुनेछ । यस निष्कासनको बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ ।