सुनचाँदीको भाउमा सामान्य वृद्धि

सुनको भाउ बिहीबार एक सय रुपैयाँले वृद्धि भएको छ । हिजो दुई सयले बढेको सुनको मूल्य आज थप एक सय रुपैयाँले वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ७ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार १ सय ५० रुपैयाँ तय भएको जनाएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम थियो ।
यस्तै, बिहीबार चाँदीको मूल्यमा प्रतितोला १५ रुपैयाँको वृद्धि भएको छ । महासंघले चाँदीको मूल्य घटेसँगै आज प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । बुधबार चाँदीको मूल्य तोलामा १३ सय ८० रुपैयाँ कायम थियो ।