लगानीकर्ता अनिर्णित बन्दा नेप्से परिसूचकमा घटबढ भएन

साताको कारोबारको अन्तिम दिन बिहीबार लगानीकर्ता अनिर्णित बन्दा नेप्से परिसूचक ०.०६ अङ्कले घटेको छ भने कारोबार पनि हिजो जत्ति नै भएको छ ।

बिहीबार पहिलो साढे दुई घन्टा घटेर २०३४ सम्म पुगेको नेप्से परिसूचक त्यसपछि भने बढेर २०६५ अङ्कसम्म पुगेको थियो । त्यसपछि सेलिङ प्रेसर आउँदा बजार अनन्त बुधबार भन्दा केवल ०.०६ अङ्कले घटेर २०४९.३९ विन्दुमा बन्द भएको छ । आज कारोबार पनि करिब करि बुधबार जत्ति नै अर्थात ३ अर्ब ७ करोड ७४ लाख ९८ हजार ३१५ रुपैयाँको भएको छ ।

बुधबार पनि ३ अर्ब ७ करोड ३९ लाख भन्दा बढीको कारोबार भएको थियो । बिहीबार होटेल र हाइड्रोपावर सबइन्डेक्समा राम्रो वृद्धि देखिएको छ । आज सबैभन्दा धेरै कमाउनेमा सिटी होटल, रावा इनर्जी र अप्पर तामाकोसी कम्पनीका लगानीकर्ता रहे । उनीहरुको सम्पत्ति १० प्रतिशतको हाराहारीमा वृद्धि भयो । आज धेरै गुमाउनेतर्फ मोदी इनर्जी रह्यो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ शिवम् सिमेन्ट, हिमालयन लाइफ इन्स्योरेन्स, सिटी होटल र सोल्टी होटल शीर्ष चारमा रहे । ती कम्पनीको क्रमश : १८ करोड, १५ करोड, १४ करोड र १० करोड भन्दा बढीको कारोबार भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button