फेरि खुल्यो घोराही सिमेन्टको आइपिओ, छैन रद्द वा आवेदन हेरहेर गर्ने कुनै सुविधा

स्थगित भएको घोराही सिमेन्टको आइपिओमा अब थप तीन दिनसम्म आवेदन दिन सकिने गरि फेरि खुला गरिएको छ ।

नेपाल धितोपत्र बोर्डले असार २० गते सूचना जारी गर्दै आवेदन दिइसकेकाले कित्ता थपघट गर्न वा रद्दसमेत गर्न पाउने भने पनि लगानीकर्ताहरुलाई सिस्टममा त्यस्तो कुनै सुविधा दिइएको छैन । सिस्टमबाट नभई कित्ता थपघट वा रद्द गर्न असार २४ गतेसम्म आइतबार ५ बजे सम्म आफ्नो खाता रहेको बैंक तथा वित्तीय संस्थाहरुमा गई लिखित निवेदन दिनु पर्ने आइपिओ बिक्री प्रबन्धकले बताएका छन् ।

उक्त कम्पनीको आइपिओमा जालसाजीपूर्ण आवेदन भेटिएपछि आवेदन प्रक्रिया स्थगित गरिएको थियो । बोर्डले त्यस्ता जालसाजीपूर्ण आवेदन दिने तथा खातामा पैसा नहुँदा पनि आवेदन स्वीकृत गरेको विषयमा आस्वा सदस्य एनआइसी एसिया बैंकलाई पनि नेपाल प्रहरीले छानबिन गर्ने बताएको छ ।

तर बदनियतपूर्ण ढङ्गले आइपिओमा धेरै आवेदन देखाई सर्वसाधारणलाई भ्रमित पारेको पुष्टि हुँदा पनि बोर्डले कुनै कारवाही बिना नै आइपिओ फेरि खुलाएको हो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button