इमर्जिङ टिम्स एसिया कपमा नेपाली टोलीमा हुने छैनन् सन्दीप र दीपेन्द्र

श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको नेपाली टोलीमा लेगस्पीनर सन्दीप लामिछाने र अलराउण्डर दीपेन्द्रसिंह ऐरी सहभागी नहुने भएका छन् ।
उनीहरु क्यानडामा हुन लागेको ग्लोबल टि-२० लिग खेल्न जाने भएकाले टोलीमा नहुने नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेलले जानकारी दिएका हुन् । जुलाई १३ देखि २३ सम्म हुन गइरहेको इमर्जिङ टिम्स एसिया कपमा नेपालसहित पाकिस्तान ए, भारत ए, यूएई, श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान सहभागी हुनेछन् । नेपाल रहेको समूह बीमा पाकिस्तान ए, भारत ए र युएई रहेका छन् ।
पहिलो पटक विदेशी लिग खेल्न लागेका दीपेन्द्रलाई मोन्ट्रीयल टाइगर्स तथा तेस्रो पटक ग्लोबल टि-२० खेल्न लागेका सन्दीपलाई सरे ज्यागुअरले अनुबन्ध गरेका छन् । उक्त प्रतियोगिता जुलाई २० देखि शुरु हुनेछ ।