पोखरामा वनरक्षक पदमा अरुको नाममा परीक्षा दिने तीन पक्राउ

  • पोखरा न्यूज
  • २०८० अषाढ २२
पोखरामा वनरक्षक पदमा अरुको नाममा परीक्षा दिने तीन पक्राउ

पोखराना वन रक्षक पदको परीक्षामा अर्काको नाममा परीक्षा दिने तीन जना व्यक्ति पक्राउ परेका छन् ।

असार २२ गते कास्कीको पोखरा महानगरपालिका-१५ फुलबारीस्थित गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराको परिसर भित्र सञ्चालन भई रहेको लोक सेवा आयोगको विज्ञापन नं.१४५-१५३/०७९/०८० (खुल्ला तथा समावेशी) वन रक्षक पदको शारीरिक तन्दुरुस्ती परीक्षामा अरुको नाममा परीक्षा दिइरहेका तीन पक्राउ परेका हु्न् ।

परीक्षार्थीहरूको कागजातहरू चेकजाँच गर्ने क्रममा अर्काको नाममा परीक्षा दिने कालिकोट रास्को-२ सिपखाना बस्ने १९ वर्षीय प्रेम भण्डारी, रास्नो-४ सिउना बस्ने २० वर्षीय गौरी संज्याल र १८ वर्षीय एक जनालाई रहेका छन् । उनीहरुले परीक्षार्थीहरूको नामको सक्कल नागरिकतामाआफ्नो तस्विर टाँस गरेर परीक्षामा सहभागी भएका थिए ।

उनीहरुलाई पक्राउ गरी कास्की जिल्ला अदालतबाट शिक्षा ऐन सम्बन्धी मुद्दामा आठ दिन म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जनाइएको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस