इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले इमर्जिङ टिम्स एसिया कप खेल्ने नेपाली टोलीको घोषणा गरेको छ ।

नेपाली टोलीमा कप्तान रोहित पौडेलका साथमा कुशल भुर्तेल, आसिफ सेख, अर्जुन साउद, कुशल मल्ल, भीम सार्की, आरिफ सेख, गुल्सन झा र सोमपाल कामी रहेका छन् । यसैगरी विश्वकप क्वालिफायर खेलेका प्रतिश जिसी, ललित राजवंशी र किशोर महतोले पनि टोलीमा स्थान बनाएका छन् ।

टोलीमा स्थान बनाएका नयाँ खेलाडीमा देव खनाल, श्याम ढकाल, सन्दीप जोरा र सुर्य तामाङ रहेका छन् । नेपाली टोलीको साथमा यसपटक सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी जाने छैनन् । उनीहरु क्यानडामा हुन लागेको ग्लोबल टि-२० लिग खेल्न जानेछन् ।

जुलाई १३ देखि २३ सम्म हुन गइरहेको इमर्जिङ टिम्स एसिया कपमा नेपालसहित पाकिस्तान ए, भारत ए, यूएई, श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए र ओमान सहभागी हुनेछन् । नेपाल रहेको समूह बीमा पाकिस्तान ए, भारत ए र युएई रहेका छन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button