कथित समाजवादी मोर्चाको आशय सत्तादोहनको लागि मोलमोलाइ मात्रै – डा. भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले समाजवादी मोर्चा गठनको उद्देश्य सत्तादोहनका लागि मोलमोलाई गर्नका लागि मात्रै भएको आरोप लगाएका छन् ।

सामाजिक सञ्जालमा भट्टराईले आफैंले अघि सारेको समाजवादी केन्द्र वा समाजवादी मोर्चाबाट अलग भएको बारे दृष्टिकोण सार्वजनिक गर्नु आवश्यक भएको भन्दै लेखेका छन्, ” नेपालमा संविधानसभाबाट समाजवाद-उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भएपछि ती उपलब्धीहरूको रक्षा गर्दै सुशासन र समृद्धिको जगमा समुन्नत समाजवाद निर्माण गर्न नयाँ ढंगको समाजवादी केन्द्र वा समाजवादी मोर्चा आवश्यक छ भन्ने प्रस्तावना हामीले अघि सारेकै हो ।”

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

उनले सकेसम्म पुराना शक्तिहरूको रूपान्तरणबाटै त्यस्तो नयाँ शक्ति बन्नसके सहज हुने भनेर इमान्दार प्रयत्न गर्नुका साथै गम्भीर प्रकृतिको वैचारिक-राजनीतिक छलफलको आग्रह पनि गरेको बताए । उनले लेखेका छन्, “परन्तु पुराना शक्तिहरूमा एकाधिकार जमाएर बसेका नेताहरूको वैचारिक-राजनीतिक विषयप्रतिको अरूची/अनिच्छा र खालि तत्कालीन संसदीय अंकगणितप्रतिको अतिशय लिप्साको प्रतिफल स्वरूप हामीसंग कुनै परामर्श र छलफल विनै रहस्यमय ढंगले कथित ‘समाजवादी मोर्चा’ को एकतर्फी घोषणा हुनपुग्यो ।”

गठित समाजवादी मोर्चाको तीव्र आलोचना गर्दै भट्टराईले नयाँ युगको नयाँ ढंगको समाजवादवारे कुनै स्पष्ट सोच नभएको र सिर्फ अंकगणितका आधारमा कांग्रेस र एमालेसँग पालैपालो मोलमोलाइ गरेर सत्तादोहन गर्ने मात्र त्यसको आशय देखिएकाले त्यस मोर्चामा संलग्न नभएको बताएका छन् ।

भट्टराईले केही क्षेत्रीयतावादी शक्तिहरूसंग सहकार्य गर्दा पार्टीको छवि जनसमक्ष धमिलिन पुगेको स्वीकार्दै आत्मालोचना सहित त्यलाई सच्याउने कार्य गरिसकेका पनि बताएका छन् । उनले सबै अग्रगामी नयाँ शक्तिहरूसँग सहकार्य गर्दै बृहत नयाँ वैकल्पिक शक्ति निर्माणमा प्रतिबद्ध रहने  उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button