कोशीमा मन्त्रीपरिषद् विस्तार हुँदै, गठबन्धनमा खटपट

कोशी प्रदेशमा तीन मन्त्री थपिने भएसँगै गठबन्धनमा भने खटपट शुरु भएको छ ।

माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र काङ्ग्रेसबाट रामकुमार खत्री मन्त्री बन्न लागेको जनाइएको छ । मुख्यमन्त्री उद्धव थापाले दोस्रोपटक मन्त्रिपरिषद् विस्तार गर्न लाग्दा सत्ता गठबन्धनभित्र भने खटपट देखिएको छ ।

मन्त्रीपरिषद् विस्तारमा असहमति जनाउँदै एकीकृत समाजवादीले भने नयाँ मन्त्रीको शपथ ग्रहण बहिस्कार गर्ने निर्णय गरेको छ ।

शुक्रबार मुख्यमन्त्री थापासँगै नेपाली काङ्ग्रेसबाट प्रदीप सुनुवार र नेकपा एकीकृत समाजवादीबाट कमल जवेगुले मन्त्रीको शपथ लिएका थिए । दोस्रो चरणको विस्तारमा पनि गठबन्धनका दलहरूबाट एक-एक जना मन्त्री बनाउने सहमति भए पनि काङ्ग्रेस र माओवादीले दुई-दुई मन्त्री बनाउन लागेको भन्दै समाजवादीले असन्तुष्टि पोखेको हो ।

गठबन्धनमा छलफल नै नगरी मन्त्रिपरिषद् विस्तार गरिएको आज हुने शपथ ग्रहण समारोह बहिष्कार गर्ने निर्णय भएको एकीकृत समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button