सुनको भाउ सात सयले बढ्यो

सुनको भाउ आइतबार सात सय रुपैयाँले वृद्धि भएको छ । शुक्रबार एक सयले घटेको सुनको मूल्य आज एकैचोटि सात सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ३ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ७ सय ५० रुपैयाँ तय भएको जनाएको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख १० हजार ६ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम थियो ।

यस्तै, आइतबार चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँको वृद्धि भएको छ । महासंघले चाँदीको मूल्य बढेसँगै आज प्रतितोला १३ सय ९५ रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ७५ रुपैयाँ कायम थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button