हिँडिरहेका महिलाको सिक्री लुट्ने गिरोह नै पक्राउ, मर्निङ वाक जानेहरु निशानामा

काठमाडौंमा हिँडिरहेका महिलाको सिक्री लुट्ने चार जनाको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंका गल्लीमा शृङ्खलाबद्ध लुटका घटना मच्चाउने काभ्रेको पाँचखाल नगरपालिका ७ घर भई हाल बानेश्वर बस्ने उमेश क्षेत्री, रामेछापको लिखु गाउँपालिका १ घर भई हाल काठमाडौंको हाँडीगाउँ बस्ने रवीन दमाई, सुनसरीको धरान उपमहानगरपालिका ८ घर भई हाल चावहिल बस्ने रवि विक, धनकुटा घर भई हाल राममन्दिर बस्ने राहुल माझी र भारतको पश्चिम बंगाल घर भई हाल न्युरोड बस्ने श्रीकान्त मैतीलाई प्रहरीले पक्राउ गरेको हो। एकै शैलीका आठ सिक्री लुट्ने घटनापछि प्रहरी अपराधीसम्म पुगेको हो । काठमाडौंको चागलमा भएको लुटमा संलग्नलाई सिसिटिभी फुटेजका माध्यमबाट पहिचान गरेपश्चात उनीहरु पक्राउ परेका हुन् ।

उनीहरुले बिहान मर्निङ हिँडिरहेका महिलालाई रेकी गर्ने र उचित मौका पाएपछि थुतेर मोटरसाइकलमा भाग्ने गरेको प्रहरीले जनाएको छ । काठमाडौंको चागलमा भएको पछिल्लो घटनामा तीन जनाको समूहमा हिडिँरहेका महिलामध्ये एक जनाको सिक्री पछाडिबाट तानेर भागेको प्रहरीले सिसिटिभीमा देखेको थियो । त्यसै फुटेजको हुलियाको आधरमा अनुसन्धान गर्दै जाँदा सिक्री तान्ने रविन दमाई, मोटरसाइकल चलाउने रविन विक, मुख्य योजनाकार उमेश क्षेत्री,  लुटपाट गरिएको सुन बिक्री गर्न सघाउने राहुल माझी र चोरीको सुन खरिद गर्ने श्रीकान्त मैती पक्राउ परेका हुन् ।

प्रहरीका अनुसार उनीहरुले लुटपाटमा प्रयोग भएको मोटरसाइकल पनि चोरी कै मोटरसाइकल रहेको थियो । उनीहरुको समूहले असार १ गतेदेखि २० गतेसम्म काठमाडौंका विभिन्न स्थानमा शृङ्खलाबद्ध लुटपाट गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button