हेटौंडा-भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा

हेटौडा-भरतपुर-बर्दघाट २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको हेटौंडा-भरतपुर २२० केभी प्रसारण लाइन सञ्चालनमा आएको छ ।

हाललाई नेपाल विद्युत प्राधिकरणले पूर्ण क्षमताको साटो साविकको प्रसारण लाइन झै १३२ केभी चार्ज गरि सञ्चालनमा ल्याएको जनाइएको छ । ७३ किलोमिटर लामो उक्त प्रसारण लाइनमार्फत मकवानपुरको हेटौडा उपमहानगरपालिका चौकीटोलस्थित पुरानो हेटौडा सबस्टेसनबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्म अब एक सय ७० मेगावाटसम्म विद्युत प्रवाह गर्न सकिनेछ ।

हेटौंडा-भरतपुर खण्ड सञ्चालनमा आएसँगै त्यस क्षेत्रमा थप विद्युत् प्रवाहका लागि सहज हुने प्राधिकरणको भनाई छ । प्रसारण लाइनको क्षमता कम हुँदा उक्त क्षेत्रमा विद्युत प्रवाहमा समस्या हुने गरेको थियो ।

यसैगरी आयोजनाअन्तर्गत कै भरतपुरबाट नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बर्दघाटसम्मको भरतपुर-बर्दघाट २२०केभी प्रसारण लाइन खण्डलाई आगामी साउनभित्र सञ्चालनमा ल्याउने प्राधिकरणको तयारी छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button