झुटो विवरण पेश गरि नागरिकता लिन खोज्ने दुई जना पक्राउ

झुटो विवरण पेश गरि नागरिकता लिन खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलामको सुर्योदय नगरपालिका-५ का भुवनसिंह गजमेर र चेतन गजमेरलाई प्रहरी पक्राउ गरेको हो । नागरिकता लिनका लागि चेतनले भुवनसिंह आफ्नो बाबु भएको बताएर पशुपतिनगर सीमा प्रशासन कार्यालयमा अनुसूचीसहितको सिफारिस पेश गरेका थिए ।

तर प्रशासनले गरेको स्थलगत सर्जमिनमा भुवनसिंह चेतनको बाबु नभएको पत्ता लागेपछि उनीहरू दुवै जना पक्राउ परेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई पशुपतिनगर इलाका प्रहरी कार्यालयमा राखी थप अनुसन्धान भइरहेको जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button