भक्तपुरमा वडाध्यक्षले चलाएको कार पुग्यो खेतमा

भक्तपुरमा वडाध्यक्षले चलाएको कार अनियन्त्रित भएर खेतमा पुगेको छ ।

सोमबार साँझ चाँगुनारायण नगरपालिका-५ वन्टीस्थित देकोचाबाट चाँगुतर्फ जाँदै गर्दा बा १२ च १९३० नम्बरको कार दुर्घटनामा परेकाे हो । घटनामा सोही वडाका वडाध्यक्ष ४५ वर्षीय जयेन्द्र खड्का घाइते भएकाे प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार वडाध्यक्ष आफैले चलाएको कार अनियन्त्रित भएर दुर्घटना भएको थियो । दुर्घटनामा सामान्य घाइते भएका खड्का स्थानीय मेडिकलमा उपचार पस्चात डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button