बाग्लुङमा जेसिबीको ठक्करबाट बालकको मृत्यु

बाग्लुङमा जेसिबीको ठक्करबाट बालकको मृत्यु भएको छ ।

जिल्लाको बडिगाड गाउँपालिका-७ भत्रेनीबाट सोइरेनीसम्मको कच्ची सडक खन्ने क्रममा जेसिबीको ठक्करबाट स्थानीय भानबहादुर घर्तीको १४ वर्षीय छोरा सुनिल घर्तीको मृत्यु भएको हो ।

सोमबार साँझ भएको घटनापछि प्रहरीले जेसिबी अपरेटरलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button