मनाङ एयरको हेलिकप्‍टर दुर्घटनामा परेकाहरुको शव शिक्षण अस्पताल ल्याइयो

सोलुखुम्बुमा मनाङ एयरको हेलिकप्‍टर दुर्घटनामा मृत्यु भएका ६ जनाको शव शिक्षण अस्पताल ल्याइएको छ ।

मंगलबार साँझ अल्टिच्युड एयरको दुई वटा हेलिकप्टरमा राखेर ६ जनाको शव काठमाडौं ल्याइएको हो । सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर आज बिहान सोलुखुम्बुको लिखु पिके गाउँपालिका-५ स्थित लामजुरा डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।

दुर्घटनामा पाइलट चेतबहादुर गुरूङ र ५ जना मेक्सिकन नागरिकको घटनास्थलमै ज्यान गएको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button