असार २९ गते गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा, २६ असार । भानु जयन्तीको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।

शुक्रबार गण्डकी प्रदेशमा सार्वजनिक बिदा दिएको गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उपसचिव शुरणप्रसाद शर्मा पौडेलले बताए ।

प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानमा सार्वजनिक बिदा दिइने बताइएको छ ।

नेपाली साहित्यका धरोहर आदिकवि भानुभक्त आचार्य तनहुँको चुँदी रम्घामा वि.सं. १८७१ आसार २९ गते जन्मिएका थिए । असार २९ गते देशभर भानु जयन्ती मनाउने गरिन्छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button