सर्वोच्चले दिएन मेयर बालेनलाई वारेस राख्ने अनुमति

सर्वोच्च अदालतले काठमाडौंका मेयर बालेन शाहलाई वारेस राख्ने अनुमति दिन अस्वीकार गरेको छ ।

अदालतको अवहेलना मुद्दा खेपिरहेका शाहले वारेस राख्ने अनुमति माग्दै सर्वोच्चमा निवेदन दिएका थिए तर उनको निवेदनउपर सुनुवाइ गर्दै न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको इजलासले अनुमति नदिने निर्णय सुनाएका हुन् । वारेस राख्ने अनुमति नपाएपछि मेयर बालेन अब आफैं तारेखमा अदालत उपस्थित हुनुपर्नेछ ।

काठमाडौं महानगरमा हिन्दी चलचित्र चल्न नदिने बालेनको निर्णयविरुद्ध अदालतले आदेश दिएपछि उनले अदालतको आदेश नमान्ने व्यहोराको अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिले अदालतको अपहेलना भएको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा निवेदन दिएकी थिइन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button