आज खुलेको कुथेली बुखरी हाइड्रोको आईपीओ यसरी पर्यो आवेदन…

कुथेली बुखरी स्मल हाइड्रोपावरको आईपीओ पहिलो दिनै करिब २८ गुणाले ओभरसब्सक्राइब्ड भएको छ ।

असार २६ गतेबाट सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हाइड्रोले कुल  १ लाख २१ हजार ८६७ कित्ता आईपीओ सर्वसाधारणका लागि छुट्याएको थियो । त्यसमध्ये १० प्रतिशतले हुन आउने १२ हजार १८६ कित्ता सेयर कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई, ५ प्रतिशतले हुन आउने ६ हजार ९३ कित्ता सेयर सामूहिक लगानी कोषलाई र २ प्रतिशतले हुन आउने २ हजार ४ सय ३७ कित्ता सेयर कर्मचारीलाई बाँडफाँड गरेपछि बाकिँ हुन आउने १ लाख १ हजार १५१ कित्तामा सर्वसाधारणका लागि आवेदन माग गरिएको हो ।

सिडिएससीको पछिल्लो तथ्यांकअनुसार आझ साँझ ५:२२ बजेसम्म उक्त आइपिओमा २ लाख ५९ हजार ४ सय ८३ जनाले २८ लाख ३० हजार एक सय ६० कित्ताका लागि आवेदन दिइसकेका छन् । पहिलो दिन नै यति धेरै आवेदन परेपछि अब यस हाइड्रोको आइपिओ पर्न पनि भाग्य कै भर पर्नुपर्नेछ ।

असार २९ गतेसम्म आवेदन दिन सकिने यस आइपिओको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button