
भारतीय प्रम नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
मोदीले एक ट्वीट गर्दै सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको बताएका छन् । उनले प्रम दाहाल प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् पनि भनेका छन् ।
सीता दाहालको बुधबार बिहान ८: ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको थियो ।