राष्ट्रियसभा बैठक बस्दै, विनियोजन विधेयक पारित गर्न प्रस्तुत गरिने

हिजाे स्थगित भएकाे राष्ट्रियसभाको बैठक आज बिहान १० बजे बस्ने भएको छ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्न लागेको बैठकमा विनियोजन विधेयक २०८० पारित गर्न प्रस्तुत गरिने छ । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा विनियोजन विधेयक माथि मन्त्रालयगत छलफलबाट उठेका प्रश्नहरुको जवाफ सम्बन्धित मन्त्रीहरुले दिनेछन् ।

यसैगरी राष्ट्रियसभाका अध्यक्षले विनियोजन विधेयक अन्तर्गत विभिन्न शीर्षकहरुमा प्रस्तुत खर्च कटौती सबन्धी प्रस्तावलाई बैठकमा निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ ।

त्यसपछि अर्थमन्त्री प्रकाशशरण महतले प्रतिनिधिसभावाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० लार्य पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले जारी गरेको कार्यतालिकामा उल्लेख छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button