आफ्नै घरमा बसिरहँदा चट्याङ लागेर किशोरीको मृत्यु

आफ्नै घरमा बसिरहँदा चट्याङ लागेर किशोरीको मृत्यु भएको छ ।

गुल्मीको मुसिकोट नगरपालिका-१ नेटा सिम्लेका बेगबहादुर बलालकी १५ वर्षीया छोरी टीका बलालको चट्याङ लागेर मृत्यु भएको हो । बुधबार साँझ करिब ६ बजे घरमै चट्याङ पर्दा टीका गम्भीर घाइते भएकी थिइन् ।

उनलाई उपचारको लागि बाग्लुङको बुर्तिबाङ प्राथमिक केन्द्रमा लगिएकोमा उपचारकै क्रममा राति १० बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button