
बैंकर्स एसोसिएसनको भद्र कार्टेलिङको अन्त्य भएसँगै अब प्रतिस्पर्धात्मक ब्याजदर लागू हुने भएको छ ।
आगामी साउन महिनाका लागि ब्याजदर निर्धारण गर्न बसेको एसोसिएसनको बैठकमा अब ब्याजदर आफूखुसी तय गर्ने सहमति भएको जनाइएको छ । यस अघि नेपाल बैंकर्स एसोसिएसन(एनबिए)) ले नै बैंकको ब्याजदर तोक्दै आएको थियो जस अनुसार नै सबै बैंकले ब्याजदर निर्धारण गर्दै आएका थिए ।
यसरी एसोसिएसनको नाममा खुलेआम कार्टेलिङ हुँदा व्यवसायीले प्रतिस्पर्धात्मक ब्याजदरको सुविधा पाएका थिएनन् । तरलता टाइट हुँदा सबै बैंक मिलेर ब्याज बढाउँदा उद्योगी व्यवसायी निकै मर्कामा परेका थिए ।
तरलता खुकुलो हुँदै जाँदा अब एसोसिएसनले पनि बैंकहरुले आफूखुसी ब्याजदर निर्धारण गर्न पाउने गरि व्यवस्था गरेको हो ।