हुम्ला केन्द्रविन्दु भएर ४.६ रेक्टरस्केलको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्पमापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज दिउँसो ११:१७ बजे हुम्लाको कालिका आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको हो । भूकम्पबाट कुनै क्षतिको जानकारी प्राप्त भएको छैन ।
पछिल्लो समय नेपालको पश्चिमी हिमाली र पहाडी क्षेत्र केन्द्रबिन्दु भएर ससाना भूकम्प निरन्तर गइरहेका छन् । पश्चिमी भूभागमा लामो समय भूकम्प नगएको हुँदा त्यस क्षेत्रमा ठूलो भूकम्प जान सक्नेगरि शक्ति सञ्चित भएको विज्ञहरु बताउँछन् ।
फाउण्डर/सम्पादक
गणेश बरालकार्यकारी सम्पादक
हरी पन्तसुचना विभाग दर्ता नं.
128236/20719856027094
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2024 pokharanews.com
Designed by: Goji Solution