काठमाडौं महानगरले खुलायो कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन, साउन २० गते परीक्षा

काठमाडौं महानगरले कक्षा ११ को छात्रवृत्तिका लागि आवेदन खुला गरेको छ ।

महानगरले आज एक सूचना जारी गर्दै असार २८ गते बिहान १० बजेदेखि साउन १२ गतेसम्मका लागि आवेदन खुला गरिएको जानकारी दिएको हो । विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुन र प्राविधिक विषयमा विद्यार्थीले छात्रवृत्ति पाउनेछन् ।

सूचना अनुसार छात्रवृत्तिको परीक्षा साउन २० गते हुनेछ । बिहान ११ बजेदेखि हुने परीक्षामा कक्षा १० को पाठ्यक्रममा आधारित १ सय वटा बहुवैकल्पिक वस्तुगत प्रश्न सोधिनेछ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button