
नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै ठगी गर्ने समुहका थप एक जना पक्राउ परेका छन् ।
नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भनि विभिन्न किसिमका प्रलोभनमा पारी विश्वास दिलाई गजेन्द्र बुढाथोकी लगायतका व्यक्तिहरूलाई ठगी गर्ने कार्यमा संलग्न रही फरार रहेको केशब तुलाधरलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तुलाधरलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको विशेष टोलीले बिहीबार काठमाडौंको सानोभर्याङबाट पक्राउ गरेको हो । उनलाई ठगी तथा संगठित अपराधसमेतको कसुरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।