सेयर बजारमा दोहोरो अङ्कको गिरावट

बिहीबार सेयर बजारमा दोहोरो अङ्कको गिरावट आएको छ ।

साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १२.७२ अङ्कले घटेर २०८४.९३ बिन्दुमा बन्द भएको छ भने कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा २१ करोडले बढेको छ । आज कुल ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँ बराबरको बराबरको सेयर कारोबार भयो । अघिल्लो दिन भने ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार ७७४ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

आज समग्र फाइनान्स इन्डेक्समा नै २ प्रतिशतले गिरावट आयो । हाइड्रोपावर इन्डेक्स १.८८ प्रतिशतले र विकास बैंक इन्डेक्स १.६ प्रतिशतले घट्यो । आज सर्वाधिक कमाउने डिबेञ्चर र म्युचुअल फन्डहरु रहे । धेरै गुमाउनेतर्फ पिपल्स हाइड्रो, बुद्धभूमि हाइड्रो, हिमालयन पावर रहे । ती कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा बढीले घट्यो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स र नेपाल टेलिकम शीर्ष चारमा रहे । ती कम्पनीको क्रमश : २३.७५ करोड, १७.९२ करोड, १६.१५ करोड र ११.८४ करोड भन्दा बढीको कारोबार भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button