नहरले बगाउँदा गणितको मृत्युु

मोरङको जहदा गाउँपालिका-३ मा नहरले बगाउँदा गणित राजवंशी नाम गरेका युवकको मृत्यु भएको छ ।

नहरले बगाएर बुधबार साँझ बेपत्ता भएका राजवंशीको शव आज दिउँसो फेला परेको हो । भारतको बिहार सिनुवारी घर भएका २० वर्षीय राजवंशी जहदास्थित मामाघरमा बस्दै आएका थिए ।

उनीसँगै पौडी खेल्न नहरमा छिरेका १८ वर्षीय दिपेश राजवंशीलाई भने प्रहरीले सकुशल उद्धार गरेको थियो ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button