काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनाग्रस्त, १९ घाइते

काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा १९ जना यात्रु घाइते भएका छन् ।

शुक्रबार बिहान करिब ५ बजेतिर चितवनको भरतपुर महानगरपालिका वडा नं. २९ दासढुंगामा उक्त यात्रुवाहक अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेको थियो । ४० यात्रु बोकेको बाग्मती प्रदेश०१-००६ ख ५२३७ नम्बरको सो बस रुखमा अड्किँदा त्रिशुली नदीमा खस्नबाट जोगिएको थियो ।

दुर्घटनामा १९ जना यात्रु घाइते भएको जनाइएको छ । प्रहरीका अनुसार उनीहरुको पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ । घाइते सबैको अवस्था सामान्य नै रहेको प्रहरीले जनाएको छ

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button