आज भानु जयन्ती, गण्डकी प्रदेशमा सार्वजनिक बिदा

आज देशलगायत विदेशमासमेत विभिन्न कार्यक्रम गरि २१०औँ भानु जयन्ती मनाइँँदै छ ।

नेपाली साहित्यका आदिकविको उपाधि पाएका भानुभक्त आचार्यको जन्मदिवसका उपलक्ष्यमा भानु जयन्ती मनाइँदै आएको छ । आचार्यको जन्म तनहुँको चुँदीरम्घा गाउँमा वि.सं १८७१ असार २९ गते भएको थियो । उनले सरल नेपाली भाषामा अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरी संस्कृत र नेपाली भाषाको सेतुका रुपमा काम गरेका थिए ।

भानुभक्तलाई एक सामान्य घाँसीले ‘जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ’ भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । त्यसबाहेक उनका ‘वधुशिक्षा’, ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ लगायत कैयौं फुटकर रचनाहरु प्रख्यात छन् । नेपाली जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा उनको ऐतिहासिक योगदान रहेको छ ।

उनको निधन तनहुँको सेतीघाटमा १९२५ असोज ६ गतेका दिनमा भएको थियो । उनको जन्मजयन्तीका अवसरमा गण्डकी प्रदेशमा विशेष कार्यक्रम हुँदै आएको छ । आज गण्डकी प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक बिदा पनि दिएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button