हजुरबाको कुटाईबाट दुई वर्षीय नातिको मृत्यु, अर्का नातिको अवस्था गम्भीर

  • पोखरा न्यूज
  • २०८० अषाढ २९
हजुरबाको कुटाईबाट दुई वर्षीय नातिको मृत्यु, अर्का नातिको अवस्था गम्भीर

बैतडीमा हजुरबाको कुटाईबाट दुई वर्षीय नातिको मृत्यु भएको छ भने अर्का ८ वर्षीय नातिको गम्भीर अवस्थामा आइसियुमा उपचार भइरहेको छ ।

बैतडीको पर्चौडी नगरपालिका–६ मडेलीधारका ५० वर्षीय गणेश साउदको कुटपिटबाट उनको आफ्नै दुई वर्षीय नाति रेशम साउदको मृत्यु भएको हो । कुटपिटबाट अर्का नाति रिजन साउद गम्भीर घाइते भएका हुन् । रिजनको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ ।

कुटपिट गर्ने बाजे गणेश साउदको मानसिक अवस्था ठीक नभएको जनाइएको छ । परिवारका अन्य सदस्य आफ्नो काममा बाहिर गएपछि घरमा बाजे र दुई नाति मात्रै भएका बेला कुटपिट भएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका आरोपित साउदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस