अवैध सुन र हिरासहित अस्ट्रेलिया उड्न लागेकी एक महिलालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले नेपाली मुलकी अष्ट्रेलियन नागरिक ५५ वर्षीया अभया विश्वकर्मालाई सात सय ५० ग्राम सुन र ५४ ग्राम ७५ मिलिग्रामको हिरासहित पक्राउ गरेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा तलासी गर्ने क्रममा उनले बोकेको झोलाभित्र उक्त परिमाणको सुन र हिरा फेला परेको थियो ।
उनी मलेसियन एयरको विमानबाट मलेसिया हुँदै अष्ट्रेलिया जान लागेकी थिइन् । घटनाबारे थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution