आजदेखि हवाईसेवामा भ्याट लाग्ने

आजदेखि हवाईसेवामा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने भएको छ ।

सरकारले आर्थिक ऐन २०८० मा हवाईसेवामा भ्याट लगाउने व्यवस्था गरेबमोजिम आज नयाँ आर्थिक वर्ष शुरु भएसँगै हवाई भाडामा मूल्य अभिवृद्धि कर थपिने भएको हो । भाडामा भ्याट समायोजन हुने भएसँगै अब हवाई भाडा अझै महँगो हुने भएको छ ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

नयाँ व्यवस्था अनुसार अब हवाई सेवा प्रदायकहरु भ्याटमा दर्ता हुनुपर्नेछ र भ्याटबाहेकको करयोग्य मूल्यमा बीजक जारी गर्नुपर्नेछ । ट्राभल एजेन्सीहरुले आफ्नो कमिसन जोडेर हुन आउने मूल्यमा भ्याट संकलन गर्न बीजक जारी गर्नुपर्नेछ । यसैगरी ट्राभल एजेन्सीहरुले सिधा हवाई सेवा प्रदायकबाट कमिशन लिएको खण्डमा सोही कमिशनमा भ्याट थपेर बीजक जारी गर्नुपर्नेछ ।

नेपाल भित्रका आन्तरिक तथा नेपालबाट प्रस्थान गर्ने सबै उडानमा मूल्य अभिवृद्धि कर लाग्नेछ तर दुईतर्फी हवाई टिकट जारी गर्दा नेपाल आउँदाको हवाई टिकटमा भ्याट समावेश गर्नु पर्नेछैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button