कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा

साउने संक्रान्ति तथा देउडा पर्वको अवसरमा कर्णाली प्रदेशमा सोमबार सार्वजनिक बिदा दिइएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक सूचना जारी गर्दै आज सबै सरकारी तथा सार्वजनिक संस्थानमा बिदा दिइएको जनाएको छ । कर्णालीमा विशेष महत्वका साथ मनाइने साउने संक्रान्तिमा लुतो फाल्ने देखि देउडा खेल्ने प्रचलन रहिआएको छ ।
आज सुर्खेत, खलङ्गालगायत विभिन्न स्थानमा देउडा खेलिने कार्यक्रम रहेको छ । आज कर्णालीका विभिन्न स्थानमा साँझपख राँको बाल्ने प्रचलन पनि रहि आएको छ ।