कास्कीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दाइको मृत्यु, भाइ गम्भीर घाइते

कास्कीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन् ।

कास्कीको रूपा गाउँपालिका-३ पोल्याङमा सोमबार बिहान करिब पौने आठ बजे ग १५ प ८४८३ नम्बरको मोटरसाइकललाई बेगनासबाट लमजुङ जाँदै गरेको ग १ ख ७६८६ नम्बरको बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार २३ वर्षीय विवेक विकको मृत्यु भएको हो । लमजुङको मध्यनेपाल गाउँपालिका-६ भोर्लेटार घर भएका विकको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।

घटनामा विकका भाइ नाताका २० वर्षीय दीपेन्द्र विक गम्भीर घाइते भएको कास्की प्रहरी प्रवक्ता श्रवण कुमार विकले जानकारी दिए ।   उनको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको  छ । विपरीत दिशाबाट आइरहेको बस र मोटरसाइकल  घुम्ती र ओरालो स्थानमा ठक्कर खाएका हुन्  ।

प्रहरीले बस चालक रूपा गाउँपालिका- ०१  घर भएका विशाल गुरूङलाई नियन्त्रणमा लिएको जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button