
सुनको भाउ मङ्गलबार तीन सय रुपैयाँले बढेको छ । अघिल्ला दुई कारोबार दिन स्थीर रहेको सुनको मूल्यमा आज तीन सयले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले मङ्गलबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९ सय ५० रुपैयाँ तय भएको जनाएको छ । सोमबार छापावाल सुनको मूल्य तोलाको १ लाख १२ हजार २ सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ६ सय ५० रुपैयाँ कायम थियो ।
यस्तै, मङ्गलबार चाँदीको मूल्यमा भने घटबढ भएको छैन । महासंघले चाँदी आज प्रतितोला १४ सय ८० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । शुक्रबार देखि नै चाँदीको मूल्य तोलामा १४ सय ८० रुपैयाँ कायम थियो ।