१० हजार अमेरिकी डलरसहित विदेशी नागरिक पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार अमेरिकी डलरसहित विदेशी नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ४२ वर्षीय लेबनानी नागरिक एल यमन महमद रहेको प्रहरीले जनाएको छ । उनी नेपाल एयरलाइन्सको विमानमार्फत सोमबार संयुक्त अरब इमिरेट्सको दुबई जान लागेको जनाइएको छ ।

विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनले झोलामा लुकाएर लैजान लागेको १०० दरको १०० थान अमेरिकी डलर फेला परेको थियो ।

थप अनुसन्धान र कारवाहीका लागि महमदलाई राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button