विदेशिएकालाई फर्काउँछु भन्नेहरु राजनीतिमा आएपछि विदेशिने झनै बढे – शङ्कर पोखरेल

  • पोखरा न्यूज
  • २०८० श्रावण २
विदेशिएकालाई फर्काउँछु भन्नेहरु राजनीतिमा आएपछि विदेशिने झनै बढे – शङ्कर पोखरेल

|फाइल तस्बिर

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विदेशमा गएकाहरूलाई फर्काउँछु भन्नेहरु राजनीतिमा आएपछि विदेशिने दर झन बढेको बताएका छन् ।

उनले विदेशमा गएकाहरुलाई देश फर्काउछौ भन्नेहरुलाई जनताले लोकप्रिय मत दिएको तर उनीहरु राष्ट्रिय पार्टीका रुपमा नेपाली राजनीतिमा उदय भएपछि नै विदेशीनेको संख्या झनै बढेको टिप्पणी गरेका हुन् । राष्ट्रिय स्वतन्त्र पार्टीप्रति इङ्गित पोखरेलले त्यसको जिम्मेवारी पनि एमालेलै लिनुपर्ने हो भनेर प्रश्न गरेका छन् ।

नेकपा एमाले सरकारमा रहँदा रोजगारीका लागि विदेशमा जाने घट्ने र सरकारबाट हट्दा बढ्ने गरेको जिकिर गर्दै पुराना पार्टीका कारणले विदेशीने बढे भन्नू तथ्यहिन कुप्रचार भएको बताए । उनले नयाँ र पुरानाका नाममा पक्ष र विपक्षमा बाँडिनुभन्दा एजेण्डाका आधारमा ठीक र बेठिक छुट्याउनेगरी समस्याको समाधानका लागि छलफल र बहसमा जोडिनुपर्ने पनि बताए ।



पोखरा सेरोफोरो

ताजा अपडेट

खोजी गर्नुहोस