सेयर बजार ९.९१ अङ्कले बढ्यो, कारोबार साढे तीन अर्ब बढी

मङ्गलबार सेयरबजार ९.९१ अङ्कले बढ्दा कारोबार पनि साढे तीन अर्ब नाघेको छ ।

मङ्गलबार नेप्से परिसूचक ९.९१ अङ्कले बढेर २१५४.०७ बिन्दुमा बन्द भएको छ भने कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा ९८ करोडले बढेको छ । आज कुल ३ अर्ब ५१ करोड ९७ लाख ६६ हजार ५५४ रुपैयाँ बराबरको बराबरको सेयर कारोबार भयो । अघिल्लो दिन भने २ अर्ब ६३ करोड ८३ लाख ७५ हजार रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

आज ननलाइफ उपसूचक सर्वाधिक १.५५ प्रतिशतले बढ्दा बैंकिङ सबइन्डेक्स १.०८ प्रतिशत र उत्पादन उपसूचक १.३६ प्रतिशतले वृद्धि भयो । आज सर्वाधिक कमाउनेतर्फ बिपिडब्ल्यु लघुवित्त र युनाइटेड अजोड इन्स्योरेन्सका लगानीकर्ता रहे । ती कम्पनीको भाउ १० प्रतिशतको हाराहारीमा बढ्यो । त्यसैगरी धेरै गुमाउनेतर्फ हिमायलन उर्जा, विन्ध्यवासिनी हाइड्रो र ग्रीन भेन्चर्स रहे । ती कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ स्वावलम्बन लघुवित्त, शिवम् सिमेन्ट र  हिमालयन लाइफ इन्स्योरेन्स  शीर्ष तीनमा रहे । ती कम्पनीको क्रमश : २१.७७ करोड, १७.९८ करोड र १५.६३ करोड भन्दा बढीको कारोबार भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button