राष्ट्रिय सभाको बैठक साउन ४ गते बस्ने भएको छ ।
संघीय संसदका महासचिव डा भरतराज गौतमका अनुसार राष्ट्रिय सभाको बैठक अब साउन ४ बिहीबार दिउँसो १ः०१ बजे बस्नेछ । यसअघि असार ३१ गते सूचना प्रकाशित गर्दै राष्ट्रिय सभाको बैठक अर्को सूचना नआएसम्मका लागि भन्दै स्थगित गरिएको थियो ।





