
एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचन पर्यवेक्षण गर्न कम्बोडिया प्रस्थान गरेका छन् ।
कम्बोडियामा हुन लागेको आम निर्वाचनमा पर्यवेक्षकको भूमिकामा ओली मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् । उनीसँगै पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत भ्रमण टोलीमा संलग्न छन् ।
ओलीको अनुपस्थितीमा पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिइएको जनाइएको छ । ओली साउन ८ गते नेपाल फर्कनेछन् ।