इमर्जिङ टिम्स एसिया कप : युएईले नेपाललाई दियो १ सय ५८ रनको लक्ष्य, भुर्तेलले लिए छ विकेट

एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कप क्रिकेटअन्तर्गत युएईविरुद्धको खेलमा नेपालले एक सय ५८ रनको लक्ष्य पाएको छ ।

श्रीलंकाको पि सारा मैदानस्थित कोलम्बो ओभलमा भएको खेलमा नेपाल टस हारेर फिल्डिङ गरेको थियो । तर नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल बलिङमा जमेपछि युएई एक सय ५८ रनमै सीमित भएको हो । भुर्तेलले उत्कृष्ट बलिङ गर्दै १० ओभरमा ४० रन खर्चेर ६ विकेट लिन सफल भए । मौसम ढकालले पनि दुई विकेट लिए ।

युएईका लागि ओपनर लभप्रीत सिंहको ५२ रन बाहेक अन्य खेलाडीले उल्लेख्य योगदान दिन सकेनन् । अन्य खेलाडीमा एथन डिसुजाले १८, यसवन्त भालथपाले १६ र ओपनर ब्याट्सम्यान आर्यन्स शर्माले १४ रन बनाए । प्रतिउत्तरमा एक सय ५८ रनको लक्ष्य पछ्याएको नेपालले ३.२ ओभरमा एक विकेट गुमाएर २४ रन बनाएको छ । नेपालका ओपनर अर्जुन साउदलाई युएईका मोहम्मद जवादुल्लाहले खाता नखोली एलबीडब्लू आउट गरेका छन् ।

प्रतियोगितामा समूह ‘बी’मा नेपालसँगै भारत ए, पाकिस्तान ए र संयुक्त अरब ईमिरेट्स रहेका छन् । नेपाल र युएई भने दुई खेलमा हार व्यहोरी समूहचरणबाटै बाहिरीइसकेका छन् । यसैगरी समूह ‘ए’मा अफगानिस्तान, बंगलादेश, ओमान र श्रीलंका छन् ।

सम्बन्धित न्यूज

Subscribe
Notify of
guest
0 प्रतिकिया
Inline Feedbacks
सबै प्रतिक्रिया हेर्नुहोस्
Back to top button