एसिया कपअघि नेपाली टोलीलाई श्रीलंकामा विशेष क्याम्प

एसिया कपअघि नेपाली टोलीलाई श्रीलंकामा विशेष प्रशिक्षण क्याम्प दिइने भएको छ ।

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का अनुसार नेपाली राष्ट्रिय टोलीलाई उच्च फर्ममा राख्न स्पेशल हाइ-पर्फर्मेन्स क्याम्प आयोजना गर्न लागिएको हो । १५ दिने क्याम्पमा टोलीलाई अनुभवी प्रशिक्षक र सपोर्ट स्टाफको सहयोगमा कठिन प्रशिक्षण गराइने जनाइएको छ ।

यस अवधिमा नेपाली टोलीले श्रीलंकाका चार टोलीसँग अभ्यास खेल पनि खेल्नेछ । एसिया कपको आफ्नो पहिलो खेलमा अगस्ट ३० तारिखमा नेपालले पाकिस्तानको समना गर्नेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button