जिसस कास्कीद्वारा अघिल्लो वर्षको कार्यविवरण र नयाँ कार्ययोजना सार्वजनिक

जिल्ला समन्वय समिति कास्कीले आर्थिक वर्ष २०७९/८० मा सम्पादन भएका कामहरूको विवरण सहित आर्थिक वर्ष २०८०/८१ का लागि नयाँ कार्ययोजना सार्बजनिक गरेको छ। समितिले शुक्रवार पत्रकार भेटघाट कार्यक्रमको आयोजना गरेर उक्त विवरण सार्बजनिक गरेको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले आफुहरू निर्बाचित भएर कार्यभार सम्हाले पछि वर्तमान प्रदेश तथा संघ सरकारले हालसम्म निर्माण गरेका कानून र ऎन नियम भित्र रहेर उत्कृष्ट समन्वयकारी भुमिका निर्बाह गर्ने प्रयत्न रहेको उल्लेख गर्नुभयो । समन्वय र अनुगमनका लागि पर्याप्त कानुन अभाव भएको र उक्त कानुनहरू निर्माण गर्न आफूहरू निरन्तर प्रदेश र संघ सरकारलाई विभिन्न तवरले लबिङ् गरिरहेको भन्दै संबैधानिक ब्यबस्था अनुसार तीन तहका सरकारबीच विकास र अन्य जन चासोका विषयमा समेत समन्वय गरिरहेको उल्लेख गर्नुभयो ।

उहाँले निर्बाचित भएको एक बर्षमा चौध वटा बैठक बसेको,नेपालमा नै पहिलोपटक विभिन्न बिषयगत कार्यालयको अर्ध बार्षिक समिक्षा गरिएको ,जि . स . स . कास्की सहित स्थानीय तहका पदाधिकारी र सबै वडा अध्यक्षहरूलाइ क्षमता अभिबृद्दि तालिम संचालन गरिएको, मानव अधिकार राष्ट्रिय कार्ययोजना कार्यान्वयन गरेको ,गैरसरकारी संस्थाहरूको नियमनका लागि अनुगमन सहित समन्वयात्मक बैठक सम्पन्न गरेको उल्लेख गर्नुभयो ।

त्यसैगरि अनुभव आदानप्रदान गर्न असल सिकाइ अभ्यास कार्यक्रम ,नदि तथा खानिजन्य पदार्थ उत्खनन बिक्री बितरण र क्रशर संचालन कार्यबिधी र समन्वय कार्यबिधी निर्माण गरि छैटौं जिल्ला सभाबाट पारित भएर कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिनुभयो ।

पहिलो पटक स्थानीत तह स्वमुल्यांकन र वित्तिय सुशासन जोखिम मुल्यांकनको नतिजा औपचारिक कार्यक्रम मार्फत सार्वजनिक गरिएको उनले जानकारी दिनुभयो । प्रमुख पौडेलले जिल्ला सभाबाट पारित ३२ बुँदे निर्णय कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्दै कास्कीमा संघीय ,प्रादेशिक र स्थानिय तहका बिकास आयोजनाको अनुगमनका क्रममा देखिएका समस्याको समन्वय र समाधानमा नियमित भएका कार्यहरूको जानकारी दिनुभयो ।

पौडेलले अनुगमन ,समन्वयको कार्यलाई प्रभाबकारी बनाउन आर्थिक बर्ष २०८०/८१ को ब्यबस्थित कार्यतालिका निर्माण गरेको जानकारी दिनु भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button