माछा मार्न जाँदा डुबेर मृत्यु

पाल्पामा माछा मार्न जाँदा डुबेर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाल्पाको रम्भा गाउँपालिका-२ रानीबास घर भई वडा नम्बर १ छापमा बस्ने २६ वर्षीय कोपिल पाँडे मगर रहेका छन् । माछा मार्न थापेको जालमा फसेपछि मगर कालीगण्डकी नदीमा डुबेका थिए ।

उनको शव पोस्टमार्टमका लागि रामपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button