भाजपाको निम्तो मान्न माओवादी नेताको टोली भारत जाँदै

भारतीय सत्तारुढ पार्टी भारतीय जनता पार्टी (भाजपा) को निम्तोमा पाँच सदस्यीय माओवादी नेताको टोली आज भारततर्फ प्रस्थान गर्ने भएको छ ।

भाजपाको “नो द बिजेपी” अभियानअन्तर्गत बङ्गलादेशको अवामी लिग र नेपालको माओवादी केन्द्रका नेताहरुलाई औपचारिक निम्तो दिइएको हो । उक्त अभियानमार्फत पार्टीले विश्वका राजनीतिक पार्टीहरुबीच सम्बन्ध विस्तार गर्ने तथा भाजपाको परिचय प्रदान गर्ने उद्देश्य लिएको छ ।

माओवादी केन्द्रकातर्फबाट भारत जाने नेताहरुमा पार्टी उपमहासचिव पम्फा भुसाल, सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहेका छन् । उनीहरु त्यहाँ ६ दिन रहने जनाइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button