
धनुषाको मुसहरनियास्थित नेपाल-भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या भएको छ ।
पहिचान नखुलेको ती महिलालाई शनिबार राति करिब साढे आठ बजे मोटरसाइकलमा आएका अज्ञात दुई जनाले गोली प्रहार गरेका थिए । मुखियापट्टि मुसहरनिया गाउँपालिका-२ दशगजा पारि भएको घटनामा अन्दाजी ३५ वर्षीया ती महिलालाई दुई गोली लागेको थियो ।
महिलालाई गोली प्रहार गरि बन्दुकधारी भारततिरै भागेको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ । केही दिन अघिमात्र सुनसरीमा एक युवकको गोली हानी हत्या भएको थियो ।