आइतबार सेयरबजारमा उछाल, परिसूचक २२०० नाघ्यो

मौद्रिक नीति सार्वजनिक भएसँगै आइतबार सेयर बजारमा उछाल आएको छ ।

साताको कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ६३.२४ अङ्कले बढेर २२२७.१६ बिन्दुमा बन्द भएको छ भने कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा एक अर्ब ३० करोड भन्दा बढीले वृद्धि भएको छ । आज कुल ४ अर्ब ३० करोड १ लाख ४८ हजार ७४७ रुपैयाँ बराबरको बराबरको सेयर कारोबार भयो । अघिल्लो दिन भने २ अर्ब ९८ करोड ५८ लाख ९ हजार ६४० रुपैयाँ बढीको सेयर कारोबार भएको थियो ।

आज बैंकिङ उपसूचक सर्वाधिक करिब ५ प्रतिशतले बढ्दा विकास बैंक सबइन्डेक्स ४.७८ प्रतिशत र ट्रेडिङ उपसूचक ४.१ प्रतिशतले वृद्धि भयो । आज सर्वाधिक कमाउनेतर्फ चन्द्रागिरी होटल, किसान लघुवित्त र लिबर्टी इनर्जीका लगानीकर्ता रहे । ती कम्पनीको भाउ १० प्रतिशतको हाराहारीमा बढ्यो । त्यसैगरी धेरै गुमाउनेतर्फ बिपिडब्ल्यु लघुवित्त र शुभम् पावर रहे । ती कम्पनीको सेयर मूल्य ३ प्रतिशत भन्दा बढीले घट्यो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीतर्फ शिवम् सिमेन्ट, ज्योती विकास बैंक र ग्लोबल आएमई बैंक शीर्ष तीनमा रहे । ती कम्पनीको क्रमश : १४.८१ करोड, १३.७७ करोड र १२.३४ करोड भन्दा बढीको कारोबार भयो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button